पछिल्ला दिनमा बलात्कारका घटना बढ्दो छ । नेपाल मात्र हैन, भारतदेखि ब्राजिलसम्म पनि यस्ता घटना भएको समाचार सर्बजनिक हुँदै आएको छ । यसलाई ध्यानमा राख्दै भारतको चेन्नईका तीन इन्जिनियर छात्राले महिलालाई यौन उत्पीडनबाट बचाउने भित्री बस्त्र बनाएका छन् । यो लागाउने महिलाको अंगलाई छुँदा ३८०० किलोवाटको करेन्ट लाग्नेछ, तर, यसले ज्यान भने लिँदैन ।

यसका साथै त्यसमा जीपीएस सिस्टम छ, जसले यौन उत्पीडनको शिकार हुने महिलाको परिवार र प्रहरीलाई स्वतः फोन जान्छ । यो बस्त्रको पहिलो नमुना तयार भइसकेको छ ।

चेन्नईको एसआरएम यूनिभर्सिटीका मनीषा मोहन, रिम्प त्रिपाठी र निलाद्री बसुले यसलाई बनाएका हुन् । उसका लागि उनीहरु गान्धियन योङ अवार्डका लागि समेत छानिएका छन् ।

मनीषाका अनुसार यस एन्टी रेप अण्डर गान्र्मेन्टमा एक प्रेशर सेन्सरलाई इलेक्टि्रक सर्किटलाई मिलाएर प्रयोग गरिएको छ, जसले करेन्ट निकाल्नेछ । अधिकांश बलात्कारका घटनामा महिलामाथि यौन उत्पीडनको सुरुवात उनीहरुको यौनअंग दबाएर हुने गरेको पाइन्छ । यो भित्री बस्त्रमा रहेको प्रेसर सीटमा सीमाभन्दा बढी प्रेशर भएपछि करेन्ट पैदा हुनेछ भने परिवारका सदस्य र पुलिसलाई फोन जान्छ ।